पन्ध्र सेकेन्ड भन्दा लामो चुम्बन मात्रै अश्लिल?

चलचित्र विकास बोर्डलाइ अहिलेको अश्लील चलचित्रको बाढीले हैरान पारेको छ । केही समय अघि स्क्रिप्ट अध्ययन कार्यदल गठन गरेर स्क्रिप्टबाट नै फिल्म सेन्सरको कार्य आरम्भ गर्ने कार्यको चौतर्फी बिरोध खेपेको वोर्डले अब अर्को आचारसंहितामा ल्याउने हल्ला चलेको छ।



चलचित्र सेन्सर र बर्गिकरण गर्ने सेन्सर बोर्डले अश्लिल र छाडा लाग्ने डाइलगमा “विप” राख्ने र केहि दृष्य काट्ने बाहेक उल्लेखनिय कुनै कार्य गर्न नसकेको यस अबस्थामा आचारसंहिताले केही फरक पर्ला र? सुन्नमा आए अनुसार नयाँ आचारसंहितामा निम्न बुंदाहरु पर्ने प्रबल सम्भाबना रहेको छ:

अब देखि बन्ने नयाँ फिल्महरुमा

पन्ध्र सेकेन्ड भन्दा लामो समयको चुम्बनका दृश्य राख्न नपाइने अर्धपारदर्शी पहिरनमा महिलाको संवेदनशिल अंगलाई देखाउन नपाइने (पुरुषले चाहिँ देखाउन पाउने होला) सामाजिक मर्यादा प्रतिकूलका दृश्यलाई समेट्न नपाइने (अश्लिल दृश्य र संवाद नियन्त्रण गर्नको लागि रे) सांस्कृतिक, जातिय सद्भाव, कुटनीति, राष्ट्रिय सुरक्षा, बाल मनोविज्ञानमा असर पार्ने खालका दृश्य राख्न नपाइने अरु सबै कुरा पुरानै बोतलमा नयाँ रक्सी भए पनि १५ सेकेन्ड भन्दा लामो चुम्बन अश्लील हुने र १४ सेकेन्ड लामो चुम्बन अश्लील नहुने कुरा भने अलिक पच्न गाह्रो हुने कुरा जस्तो लाग्यो ।

यस्ता बुंदा राख्नु भन्दा त मेरो सुझाबमा निम्न बुंदा पनि थपे आचारसंहिता अझ बाढी मनोरन्जनात्मक भइ मानिसहरुले ध्यान दिएर पढ्छन होला:

चुम्बन गर्दा जिब्रो मुख भन्दा बाहिर निकाल्न नपाइने चुम्बन गर्दा आँखा चिम्लेर आबाज निकाल्न नपाइने कुनै पनि कलाकारको हातले अरु कलाकारको सम्बेदनशील अंगमा छुन नपाइने एक कलाकारको सम्बेदनशील अंगले अर्को कलाकारको सम्बेदनशील अंगलाइ छुन नपाइने सेन्सरबोर्डले नकाटेका अश्लील दृष्य आउदा सबै दर्शकहरुले आँखा चिम्लनु पर्ने साँच्चै सोचविचार गरेर आचारसंहिता बनाउने हो भने यौन र अश्लीलताको पछाडी दौडन छोडेर निम्न बुंदा राख्न पो राम्रो हुन्थ्यो कि ?

बिदेशी फिल्मबाट पोस्टर, डाइलग, कथा, दृश्य आदि हुबहु सार्न नपाइने नियम बनाए कसो होला? फिल्मको आम्दानी खर्चको सही बिबरण सार्बजनिक गरि सोही अनुरुप कर निर्धारण गरे कसो होला? फिल्ममा १६ बर्ष माथिकाले मात्र हेर्न मिल्ने वा १८ बर्ष भन्दा माथिकाले मात्र हेर्न मिल्ने स्थर निर्धारण गरी कडाइका साथ नियम लागु गरे कसो होला? सबै फिल्ममा, कम्तिमापनि एउटा, समाजलाइ सही बाटो देखाउने खालको दृश्य समाबेश हुनु पर्ने नियम बनाए कसो होला ? फिल्म प्रदर्शनको भाडभैलोलाइ ब्यबस्थित गर्न हल संचालकको आचारसंहिता पनि बनाए पो हुन्थ्यो कि ?

फिल्म समिक्षकलाइ सहयोग गर्न फिल्म समिक्षाका आचारसंहिता बने यसले फिल्मको प्रचार प्रसारमा सहयोग हुन्थ्यो कि ?