खित्का छाडेर हाँस्दा जेलको बास

अब हाँस्दा पनि विचार पूराउनु पर्ने भयो भन्या । जहाँ पायो उहीँ, जो पायो उहीँ सँग खिस्स नहाँस्नु भनेर बुढापाकाले त भन्थे । तर वैज्ञानिकहरुले नै हाँस्नु स्वास्थ्यका लागि लाभदायक हुन्छ भनेकाले बुढापाकाको उपदेश वित्थाको रहेको भन्ने लाग्थ्यो ।


अब भने बुढापाकाको कुरो नै सही रहेछ भन्ने पत्तो लागेको छ । हास्ने बानीले आयू बढाउने होइन की जेलसम्म पूराएर उल्टै आयु छोट्याउने पो रहेछ । साँच्ची जोडसँग खित्का छाडेर हाँस्दा कहिलेकाहीँ वित्यासै पर्दो रहेछ । अमेरिकामा एक सज्जनलाई यस्तै भएको छ । आफ्नै घरमा खित्का छाडेर हाँसेको आरोपमा ती सज्जनले ३० दिन जेलको हावा खानु परेको छ । रकभिले सेन्टरका ४२ वर्षीय रोबर्ट शियाबेलीलाई खित्का छाडेर जोडसँग हाँसेको आरोपमा यस्तो सजायँ भएको हो । उनले खित्का छाड्दा त्यहाँको शान्ति भंग भएको ठहर प्रशासनले गरेपछि उनले यस्तो सजाय भोग्नुपर्‍यो । उनी हाँसेको विषयमा एक जना छिमेकीले प्रहरीमा उजुरी गरे । उजुरी पछि प्रहरीले त्यस विषयमा अनुसन्धान गरी उनलाई तिस दिन जेल सजाय वा ५ सय डलर जरिवानाको सजाय सुनाएको हो ।

तर रोबर्टले भने आफुलाई जोडसँग हाँस्नु अपराध हो भन्ने कुरा थाहा नभएको बताएका छन् । आफु स्नायु सम्बन्धी रोगबाट पीडित रहेको भन्दै उनले आफ्नो रोगको विषयलाई लिएर छिमेकीले खिसी ट्युरी गर्ने गरेकाले आफुले छिमेकीको घृणालाई दबाउन जोडसँग हास्ने गरेको बताए । रोबर्टमाथि अरु व्यक्तिलाई दिक्क पारेको, हस्तक्षेप गरेको तथा आक्रामक बनेको अभियोग लगाइएको छ ।