साउदीमा ज्यान गुमाउनेको परिवारलाई इजरायलबाट सहयोग

२६ फागुन, काठमाण्डौ । रोजगारीका लागि साउदी अरवमा ज्यान गुमाएका झापाका मनिकुमार ओलीको परिवारलाई इजरायमा रहेका नेपालीहरुले १ लाख ११ हजार रुपैयाँ सहयोग गरेका छन । इजरायलमा रहेको नेपालीहरुको संस्था हेल्पिङ इजरायलले ५० हजार रुपैयाँ र अम्बिका प्रसाईं, देवराज सिटौला लगायतका साथीहरुको पहलमा संकलित ६१ हजार गरी कुल १ लाख ११ हजार रुपैयाँ मृतककी श्रीमती ओमकुमारी ओलीलाई हस्तान्तरण गरिएको छ ।



सो रकम मृतकका आफन्त मोहन ओलीले मृतककी श्रीमतीलाई हस्तान्तरण गर्नुभएको हो । साउदी अरबमा कार्यरत मोहनको करिव साढे दुई महिना पहिले हृदयघातबाट मृत्यु भएको थियो । उनको शवलाई नेपाल ल्याई दाहसंस्कारसमेत गरिसकिएको छ ।



कमाई खुवाउने श्रीमानको बिदेशी भूमीमा ज्यान गएपछि ६ देखि १३ बर्ष उमेरका चार सन्तानलाई लालनपालन गर्ने जिम्मा अहिले श्रीमतीको काँधमा छ । आफ्नो परिवारको आर्थिक अबस्था निकै नाजुक भएको र छोराछोरी पढाउन पनि समस्या भएकाले उनीहरुको शिक्षाका लागि सहयोग गरिदिन ओलीले आग्रह गरेकी छिन ।