बिद्रोहीबिच भिडन्त, १० को मृत्‍यु

भारतको राँचीमा भएको भिडन्तमा १० जना भारतीय माओवादीको मृ्त्यु भएको छ । झारखण्डको छत्र नामक जिल्लामा भएको माओवादी र माओवादीबाटै छुट्टिएको अर्को समूह त्रितिया प्रस्तुती कमिटीबीच भएको गोली हानाहानमा ती माओवादीको मृत्यु भएको सञ्चार माध्यमहरुले जनाएका छन् । ।



राँचीबाट करिब १ सय किलोमिटर टाढाको जंगलमा ती १० जनाको लाश भेटिएको राँची प्रहरीले जनाएको छ । यता माओवादीबाट छुट्टिएको समुह त्रितियाले आफूहरूले प्रहरी र प्रशासनलाई सघाइरहेको बताएका छन् ।