मलेसियामा १२ नेपाली मारिएको भन्दै सर्वस्त्र निन्दा र चासो

चैत्र १५ - केही दिन अगाडी मलेसियामा नेपाली माथि भएको आक्रमणको सरकारले कमै मात्रामा चासो देखाएपछि सर्वस्त्र निन्दा र चासो बढेर गएको छ ।

मलेसियामा नेपाली नेपालीबीचको सामान्य विवादपछि एक अवैध रुपमा त्यहाँ बस्दै आएका नेपालीले गुण्डा लिएर कुटाएको र त्यसबाट

मलेसियामा नेपाली नेपालीबीचको सामान्य विवादपछि एक अवैध रुपमा त्यहाँ बस्दै आएका नेपालीले गुण्डा लिएर कुटाएको र त्यसबाट ३ जना नेपाली घाइते भएको नेपाली दुतावास क्वालालम्पुरले जनाएको थियो ।





तर त्यसभन्दा अगाडी त्यहाँ ६ जना नेपाली मारिएको र १८ भन्दा बढी घाइते भएको हल्ला फिजिएको थियो ।

घटना लगत्तै १० जना नेपाली र २ जना मलेसियनलाई प्रहरीले पक्राउ गरेपनि उनीहरुमाथि भएको अनुसन्धानबारे सरकारले खासै चासो राखेको छैन ।


अझ पछिल्लो समय केही ब्लग तथा सोसियल मिडियामा मलेसियामा १२ जना नेपालीको हत्या भएको तर इराकमा २०६१ सालको भाद्र १६ मा १२ मारिँदा नेपालमा घटेको घटना नदोहोरियोस् भनेर सरकारले उक्त घटना लुकाएको आरोप लगाइन थालेको छ । तर अहिलेसम्म सो क्षेत्रमा बस्ने नेपालीहरुका आफन्तले आफ्नो आफन्त हराएकाले खोजीको लागि कहीँ कतै नआएकाले उक्त आरोपहरु बिना सित्तिका हल्ला मात्रै हुन् भन्न सकिने अवस्था भने छन् ।



तर आरोपहरुमा भने मलेसियामा रहेका प्रत्यक्षदर्शीहरूले घटनापछि करिब ६, ७ वटा एम्बुलेन्समा मानिस लगिएको देखेको तर सरकारले भने मात्र २ जना घाइते भएको बताउँदै आएको अवस्थामा घटनाभित्र केही रहस्य लुकेको हुन सक्ने आशंका व्यक्त गरिएका छन् ।

ती ब्लगहरुमा मलेसियामा रहेको नेपाली दुतावासका कर्मचारीहरूले संभावित दुर्घटनाको आशंकाले केही कुरा लुकाएको हुनसक्ने अनुमान केहीले गरेपनि त्यहीँ हो भन्ने प्रमाण भने छैन । यद्यपी, त्यहाँ घटेको घटनाप्रति सरकारले कम चासो राखेको भन्दै निन्दा र चासो भने सर्वस्त्र छरिएको छ ।