मलेसियामा नेपालीले गुण्डा लिएर नेपालीलाई नै कुटाए, ६ को मृत्यु भन्ने मिथ्या मात्रै (भिडियोमा)

चैत्र १३ - मलेसियामा केही वर्षदेखि अवैध रुपमा बस्दै आएका एक नेपालीले गुण्डा ल्याएर होस्टेलमा बस्ने नेपालीहरुलाई मरणासन्न हुने गरी कुटाएको खुल्न आएको छ ।

उक्त घटनामा मिडियामा ६ को मृत्यु तथा १८ जना घाइते भन्ने हल्ला मिथ्या मात्रै भएको पनि पुष्टि भएको छ । तर गुण्डाहरुको आक्रमणबाट तीन जना भने घाइते भएका छन् ।



घाइते मध्ये एक जना सामान्य उपचारपछि अस्पतालबाट फर्केको र दुई जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नुवाकोट, सामरी गाविस वडा नम्बर ४ का राजु विश्वकर्मा र रौतहट जिल्ला चन्द्रनिगाहपुरस्थित मोहम्मदपुरका रामलाल साहको जोरबारुलस्थित सुल्तान अस्पतालमा उपचार भईरहेको छ ।

साहको हात र खुटटा भाँचिएको र विश्वकर्माको आँखामाथि गहिरो चोट लागेको जनाइएको छ । समान्य विवादपछि अवैध रुपमा त्यहाँ बस्दै आएका नेपालीले गुण्डा बोलाएर कुटाएको प्रहरी अनुसन्धानले देखाएको छ ।



घटनामा संलग्न १० जना नेपाली र दुई जना स्थानीय युवा पक्राउ परेको थापाले जानकारी दिए । पक्राउ पर्ने नेपालीहरुमा सन्तोष पौडेल, रमेश बहादुर भुजेल, रकम राई, मनोज सुनार, नीलकण्ठ जैशी, दलबहादुर बम्बो, पवन साह, र राकेश राय रहेका छन् । उनीहरुलाई आज स्थानीय अदालतमा पेश गरिएको र जोरबारुस्थित प्रहरी स्टेशनमा राखिएको बताइएको छ ।