विदेशमा पनि आफ्नैबाट शोषित छन् नेपाली चेली

२१ फागुन, काठमाण्डौं । विदेशी भूमिमा काम गर्न पुगेका नेपाली युवतीहरु विदेशीसँगै आफन्तबाट समेत शोषित हुने गरेको तथ्य खुलेको छ । विदेशीबाट चरम शारीरिक तथा मानसिक शोषणमा परेपछि तिनीहरुलाई उद्धार गर्ने बहानामा नेपाली दाजुभार्यबाटै पीडित हुने गरेको तथ्य बाहिर आएको हो ।



दुवईमा अलपत्र परेका र राजदूतावासको शरणमा पुगेका नेपाली युवतीमध्ये आधाभन्दा धेरै त्यही काम गरेर बसेका नेपाली युवाहरुबाटै पीडित भएको पाइएको छ ।

राजदूतावास स्रोतका अनुसार २०६६ कात्तिकदेखि फागुन दोस्रो सातासम्म दूतावासले १ सय ५१ युवतीको उद्धार गरेको छ । उद्धार गरिएका मध्ये धेरैमहिला नेपाली युवाहरुको सम्पर्कमा पुग्ने र तिनै युवाहरुको उक्साहटमा लागेर काम गरिरहेको ठाउँ छाडी उनीहरुसँग बेपता हुने गरेको र अभर परेपछि मात्रै दूतावासको शरणमा आउने गरेको नेपाली दूतावासका उपनियोग प्रमुख दीपक अधिकारीले जानकारी दिएको खबर राजधानी दैनिकले छापेको छ ।