२१ फागुन, काठमाण्डौं । नेपालबाट भारततर्फ उडान भर्ने विमानमा भारतको ‘स्पेसल सेक्युरिटी’ मार्सलबाट हुँदै आएको चेकजाँचलाई नेपाल प्रहरीले नै नेतृत्व गर्न थालेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित सुरक्षा गार्ड महाशाखाको टोलीले भारततर्फ उड्ने विमानको चेकजाँचलाई नेतृत्व गर्न थालेको हो ।
भारतीय विमान आईसी ८१४ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अपहरणमा परेपछि भारतले त्रिभुवन विमानस्थलमा भारतीय सेनाको मार्सल नै स्थापना गरी त्यसको चेकजाँचको नेतृत्व गर्दै आएको थियो ।
विमानस्थल प्रहरी सुरुक्षा गार्ड महाशाखाले नेापलमा उड्ने र अवतरण हुने सबै जहाज र यात्रु सुरक्षाको जिम्मेवारी नेपालको भएको भन्दै चेकजाँचको नेतृत्व गर्न थालेपछि भारतीय मार्सल टोली साइडमा बसेर नेपाल प्रहरीलाई सघाउन थालेको खबर राजधानी दैनिकले छापेको छ ।
विमानस्थलको सुरुक्षा गार्ड महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक विज्ञानराज शर्माले भने -’अन्तर्राष्ट्रिय विमानस्थलमा फाइभ टी अर्थात् ट्याक्सी, टर्मिनल, ट्वाइलेट, टेलिफोन र ट्रलीमा सुधार्नु गर्नुपर्छ, यसमा सुधार नभएसम्म सुरक्षामा थ्रेट हुन्छ र रहिरहन्छ ।’
नेपाल प्रहरीले लियो भारतीय स्पेसल सेक्युरिटी मार्सल टोलीको नेतृत्व