प्रेस काउन्सिलमा खिलबहादुर भण्डारी नियुक्त
२ चैत, काठमाण्डौ । प्रेस काउन्सील नेपालको सदस्यमा पत्रकार खिलबहादुर भण्डारी नियुक्त हुनुभएको छ ।
सूचना तथा संचार मन्त्रालयले बुधबार काउन्सीलको रिक्त पदमा भण्डारीलाई आगामी चार बर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।

२०५० सालदेखि पत्रकारितामा सक्रिय भण्डारी क्रान्तिकारी पत्रकार संघका कोषाध्यक्ष, समावेशी मासिकका सम्पादक एवं जनआह्वान साप्ताहिकका सम्पादक हुनुहुन्छ । त्यसअघि उहाँ जनादेश साप्ताहिकको कार्यकारी सम्पादक पनि हुनुहुन्थ्यो ।
पत्रकारिताकै शिलशिलामा उहाँले डेढ बर्ष जेल जीवन पनि बिताउनुभएको छ ।
भण्डारीले आफ्नो कार्यकालमा बिद्युतीय संचारमाध्यमको समस्या समाधानका बिषयमा पहल गर्ने बताउनुभयो । ‘अहिलेसम्म काउन्सीलमा छापा माध्यममको मात्र प्रतिनिधित्व भएको देखिन्छ, परिवर्तित अबस्थामा बिद्युतीय तथा डिजिटल माध्यमलाई पनि समेट्नेतर्फ मेरो पहल रहनेछ’- भण्डारीले अनलाइनखबरसँग भन्नुभयो ।