अबैध विदेशी मुद्रासहित बुटवलमा ३ जना पक्राउ

२ चैत, बुटवल । अबैध रुपमा विदेशी मुद्राको कारोबारमा संलग्न ३ जनालाई प्रहरीले बुटवलमा प्रकाउ गरेको छ । ईलाका प्रहरी कार्यलय बुटवलले सुराकिको आधारमा मनि एक्सचेन्ज काउन्टर र मनि ट्रन्सफरबाट उनीहरुलाई पक्राउ गरेको हो ।



बुटवल नगरपलिका वार्ड नम्वर ८ राम मन्दीरमा रहेको एकता मनिचेन्जबाट ५ सय र १ हजार रुपैयाँका भारतिय नोटहरु र दुर्गा मन्दीर लाईनमा रहेको सगुन मनि ट्रान्सफरबाट भारु, डलर, जापनिज ऐन, युरोलयातका विदेशी नोटहरु अपचलन गरेको हुँदा उनीहरु पक्राउ परेको प्रहरीका भनाई छ । पक्राउ पर्नेमा एकता मनिचेन्जका संचालन बसन्त खनाल, सगुन मनि ट्रन्सफरका संचालक महेश घिमिरे र रुपन्देही दयानगर १ का पारसमणी अर्याल रहका छन् ।



ईलाका प्रहरी कार्यलय बुटवलका डीएसपी राजकुमार बैदाबरका अनुसार एकता मनिचेञ्जबाट २ लाख ८ हजार भारु, सगुन मनि ट्रन्सफरबाट १ लाख १६ हजार ५ सय रुपैयाँ भारु, १ हजार ३ सय ८४ अमेरिकी डलर, १० हजार जापनिज एन, १२ सिड्गापुर डलर, १०० युरो, २० अस्ट्रेलियन डलर, १६७ मलेसियन रिङ्गिट, ६५.२५ कुबेती डिनार, १८ ओमनि रियाल, २ हजार ४० युएई दि्रहाम्स बरामत गरिएको छ । उनिहरुलाई थप अनुसन्धान र कारबाहीका लागि राजस्ब अनुसन्धान कार्यलय पठाईने प्रहरीले बताएको छ ।