धेरै महिलासँग सम्बन्ध राखेको रणबिरको खुलासा

बलिउड नायक रणबिर सिंह अहिले चर्चामा छन् । २ सिनेमामा अभिनय गरेपनि उनको चर्चा कुनै चर्चित नायक भन्दा कम छैन । रणबिर सिंहको प्रेम नायिका अनुष्का शर्मासँग रहेको चर्चा चल्दै आएको छ । तर स्वयंम रणबिरले भने आफुलाई दिपिका पादुकोण मनपर्ने बताएका छन् । उनले भने, ‘दीपिका प्रतिको मेरो आकर्षण हो की प्रेम, सोच्दैछु ।’


रणबिरले आफुले थुप्रै युवतीसँग शारिरिक सम्वन्ध राखेको समेत खुलाए । रणबिरले भने, ‘मैले थुप्रै युवतीसँग शारिरिक सम्बन्ध राखेको छु तर म यस्तो सम्बन्ध सधै रहोस् भन्ने चाहन्न ।’ रणबिर बिहे गरेर घरजम बसाउन चाहन्छन् ।
हाल ‘गुन्डे’ सिनेमाको छायांकनमा नायिका पि्रयंका चोपडासँग सिंहले मस्ती गरिरहेका छन् । तर नायिका दीपिका पादुकोणलाई मिस गरेको उनको भनाई छ ।