चुनावी सबै प्रक्रिया रोक्छौँ : माओवादी, रोक्नेलाई ठोक्छौँ : सरकार
चैत्र १२ - चार राजनीतिक शक्तिले चुनाव गराउन भन्दै प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गरे पनि चुनाव हुने या नहुने भन्ने विषय अझै अन्यौलमा परेको छ ।
चुनाव गराउनकै लागि भनेर चार राजनीतिक दलले प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी मन्त्रीपरिषद गठन गरेपनि चार दल बाहेक प्राय अरु सबै दलले त्यसको विरुद्धमा आन्दोलन समेत थालिसकेकाले दोस्रो संविधानसभाको चुनाव अन्यौलमा पर्ने निश्चित जस्तै बनेको हो ।
नेकपा माओवादीसहित ३३ दलले असंवैधानिक तवरले सरकार गठन गरिएको भन्दै चार दलले गरेको सम्झौता नसच्चिएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।
अझ नेकपा माओवादी लगायतका दलले चार दलको निर्णय नसच्चिएसम्म चुनावी कुनै पनि कार्यक्रम अघि बढ्न नदिने बताएका छन् भने सरकारले त्यस्ता चुनावी कार्यक्रम बिथोल्नेलाई कारबाही गर्न आदेश दिईसकेकाले देश मुठभेडतर्फ अघि बढ्दै गरेको पनि बुझ्न सकिन्छ ।
नेकपा-माओवादी सचिव देव गुरुंगले आज क्रान्तिकारी पत्रकार महासंघले पर्वतको कार्यक्रममा बोल्दै निर्वाचन लक्षित कुनैपनि कार्यक्रम अघि बढ्न नदिने चेतावनी दिए । गुरुङले तीन दल र मधेशी मोर्चावीच चैत १ गते भएको सहमति वदर नभएसम्म निर्बाचन लक्षित कार्यक्रम हुन नदिने बताएका छन् । त्यसो त माओवादी सहित अन्य केही मोर्चा तथा संघ संगठनलले पनि ठाउँ ठाउँमा फोटोसहितको मतदाता नामावली संकलन कार्य रोक्दै आएको छ ।
तर, हिजो मात्र गृह मन्त्रालयले भने प्रेस विज्ञप्ति निकालेर चुनावी कार्यक्रममा अवरोध गर्नेलाई कारबाही गर्न भनेको छ ।