हजारौं महिलालाई नांगै पारे ह्याकरले

ह्याकरहरुका पनि अनेक दाउ हुन्छन । कोही जुलियन असान्जजस्ता हुन्छन जसले हाइप्रोफाइल सूचना थुतेर सार्वजनिक गरिदिन्छन त कसैले सुरक्षा चेतावनी मात्र दिएर शान्त हुन्छ ।

तर अमेरिकाका एक ह्याकरले अनौठो काम गरेका छन् । उनले हजारौं महिलाको पासवर्ड ह्याक गरेर ब्ल्याकमेल गर्दै नाङ्गीन बाध्य बनाएका छन् ।
महिलालाई ब्लाकमेल गरेर वेबक्याममा नाङ्गो बन्न बाध्य पारेको आरोपमा अमेरिकी प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । उनी दोषी प्रमाणित भए १ सय ५ वर्ष जेल सजाय हुन सक्छ ।

वकिलका अनुसार २७ वषर्ीय ग्यारी कजरियानले सयौं महिलाको फेसबुक, स्काइप र इमेल अकाउन्ट हृयाक गरेर ब्लाकमेल गरेका थिए । क्यामराको अगाडी सबै कपडा नफुकाले गोप्य तस्वीरहरु सार्वजनिक गर्ने धम्की दिएको उनीमाथि आरोप लगाइएको छ । पासवर्ड हात पारेपछि उनले त्यस्ता सवै पासवर्ड परिवर्तन गरेका थिए ।

अमेरिकी न्याय मन्त्रालयले क्यालिफोर्नियाका २७ वषर्ीय अभियुक्तको विवरण दिएको छ । हृयाक गरिएको इमेल, फेसवुक र स्काइपबाट सबै सूचना लिएपछि ग्यारीले साथीको रुपमा प्रस्तुत हुने र असली अनुहार थाहा पाएपछि ब्लकमेल गरेर वेबक्याम नांगो हुन बाध्य पारेको बताइएको छ ।
अमेरिकी अधिकारीहरुका अनुसार ग्यारीको कम्प्युटरमा ३ हजार महिलाको नग्न र अर्धनग्न तस्वीर भेटिएको छ । अमेरिकी खुफिया एजेन्सी एफबीआईले कथित ब्लाकमेललाई ‘सेक्सोटोर्शन’ नाम दिएको छ ।-बीबीसी