आज गिरिजाप्रसाद कोइरालाको तेस्रो स्मृति दिवस
७ चैत, काठमाण्डौं । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको आज तेस्रो स्मृति दिवस । कोइरालाको निधन भएको आज तीन बर्ष पुगेको छ ।
तेस्रो स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस केन्द्रीय तथा जिल्ला कार्यालयहरुले बिभिन्न कार्यक्रमको आयोजना गरेका छन् । नेपाली कांग्रेस काठमाडौं जिल्ला समितिले आज सभागृहमा स्मृति सभा तथा विचार गोष्ठिको आयोजना गरेको छ ।
एक दशक लामो सशस्त्र माओवादी विद्रोहलाई शान्ति प्रक्रियामा अवतरण गराउन महत्वपूर्ण भूमिका निर्बाह गरेका कोइरालाको २०६६ साल चैत सात गते ८५ बर्षको उमेरमा निधन भएको थियो
एक दशक लामो सशस्त्र माओवादी विद्रोहलाई शान्ति प्रक्रियामा अवतरण गराउन महत्वपूर्ण भूमिका निर्बाह गरेका कोइरालाको २०६६ साल चैत सात गते ८५ बर्षको उमेरमा निधन भएको थियो
