के छापियो बिहीवारका दैनिक पत्रिकामा ?

1

आज मिति २०६९ साल चैत १५ गते बिहीवार । काठमाण्डौबाट प्रकाशित सवैजसो दैनिक पत्रिकाले एमाले र कांग्रेस पनि चुनावी तयारीमा लागेको, एसीसी क्रिकेटमा नेपाल हङकङसँग हारेको र आठ बर्षपछि थि्रस्टार एडिभिजन लिग च्याम्पियन भएको खवरलाई प्राथमिकताका साथ छापेका छन ।

कान्तिपुर दैनिकले नेपाली कांग्रेस र एमाले दुबैको प्राथमिकता लोकतान्त्रिक गठवन्धन बनाउनेमा रहेको खवर छापेको छ । नागरिक दैनिकले अब निर्वाचन टोलीसँगै सुरक्षाकर्मी पनि तैनाथ हुने खवर छापेको छ भने अन्नपूर्ण पोष्टले बैद्य समूह र उपेन्द्र नेतृत्वको मधेसी जनाधिकार फोरमलाई समेत समेटेर चुनावको मिति घोषणा गर्ने तयारीमा चार दल लागेको खवर छापेको छ ।