सर्वसाधारणको स्वास्थ्यसँग खेलवाड ,३३ पानी कम्पनी विरुद्ध मुद्दा

२१ फागुन, काठमाण्डौं । सर्वसाधारणको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने खानेपानीको गुणस्तर र बिक्री वितरणमा खेलवाड भएको पाइएको छ । चालू आर्थिक बर्षको पहिलो चार महिनामा मात्रै गुणस्तरहीन पानी उत्पादन तथा बिक्री विरतण गर्ने ३३ उद्योग विरुद्ध मुद्दा दायर भएका छन् ।




बजार अनुगमनका क्रममा नमुना संकलन गर्दा ल्याइएको पानी गुणस्तरहीन पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले २५ र वाणिज्य तथा आपूर्ति व्यवस्था विभागले आठ गरी ३३ उद्योगविरुद्ध मुद्दा दायर गरेका हुन् । खाद्य प्रविधिले खाद्य ऐन २०२३ अनुसार काठमाण्डौं प्रशासनमा र वाणिज्य विभागले उपभोक्ता संरक्षण ऐन २०५४ अनुसार जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन् । दुबै विभागले उपभोक्ता अधिकारको रक्षार्थ नियमित बजार अनुगमन गर्दे आएको खबर कारोबार दैनिकले छापेको छ ।


‘संकलन गरिएका नमुनामध्ये गुणस्तर मापदण्डविपरीत पानी उत्पादन गर्ने विरुद्ध मुद्दा चलाएको हो,’ खाद्य प्रविधिका प्रवक्ता प्रमोद कोइरालाले भने, ‘मुद्दा चलाएका मध्ये धेरैजसो पानीको ब्रान्डमा जीवाणु पाइएको छ । यस्ता सूक्ष्म जीवाणुका कारण तत्कालीन रुपमा पखालाजस्ता रोग लाग्न सक्छन् भने दीर्घकालमा अझ गम्भीर रोग लाग् सक्छन् ।’