चुनाव गराउन होइन नेपाललाई भारतसँग विलय गराउन 'नयाँ सरकार '
चैत्र २ – नेकपा–माओवादीका महासचिव राम बहादुर थापा बादलले एकीकृत नेकपा माओवादीले एमाले चरित्र धारण गरिसकेको टिप्पणी गरेका छन् ।
एनेकपा माओवादी निकट विभिन्न भातृ संगठन परित्याग गरि आफ्नो पार्टी प्रवेश गर्ने समुहलाई पार्टी मुख्यालय बुद्धनगरमा स्वागत गर्दै उनले यस्तो जनाएका हुन् ।
सो क्रममा थापाले एनेकपा माओवादी हेटौंडा महाधिवेशन पश्चात नयाँ एमालेका रुपमा प्रस्तुत भएको समेत उल्लेख गरे ।
बहुदल स्थापना पश्चात एमालेले देखाएको चरित्रझैं माओवादीले पनि हेटौंडा महाधिवेशनबाट संसोधनवादमा प्रवेश गरेको उनको भनाई छ ।
कार्यक्रममा बोल्दै उनले राजनीतिक दलहरुको असफलता प्रमाणित गर्दै विदेशीको ईसारामा वर्तमान सरकार गठन भएको पनि चर्चा गरे । नवगठित सरकारको धेय चुनाव गर्नु नभर्इ देशलाई भारतमा विलय गराउनु भएको उनको दाबी छ ।
एनेकपा माओवादी निकट विभिन्न भातृ संगठन परित्याग गरि आफ्नो पार्टी प्रवेश गर्ने समुहलाई पार्टी मुख्यालय बुद्धनगरमा स्वागत गर्दै उनले यस्तो जनाएका हुन् ।सो क्रममा थापाले एनेकपा माओवादी हेटौंडा महाधिवेशन पश्चात नयाँ एमालेका रुपमा प्रस्तुत भएको समेत उल्लेख गरे ।