भगवान दर्शनको सनकले एकै परिवारका ५ जनाको ज्यान गयो

१३ चैत, काठमाडौं । भारतको राजस्थानका एक परिवारका मुखियाको भगवान दर्शनको सनकले ५ जनाको मृत्यु भएको छ । परिवारका अन्य ३ जना जीवन मरण्को दोसाँधमा छन् । घटनास्थलमा प्रहरीले भिडियो फुटेज बरामद गरेको छ ।



माधोपुर जिल्लाको गंगापुर सिटीमा यो घटना भएको हो । प्रहरीका अनुसार घरका मुखिया कंचन सिंहले राजपूतले गएराति घरका परिवार मिलेर पुजापाठ गरेपछि प्रसाद मिठाइमा बिष हालेर खुवाएका हुन् । लगतै सबै बेहोस भएका थिए ।



कंचनले ‘भगवानको दर्शन बिना जीवन व्यर्थ छ, भगवानले दर्शन दिन्छन् भन्दै प्रसाद बाँडेका थिए । सबैलाई प्रसाद बाँडेपछि भनेका छन्-जीवनामा संकट आए प्रभु बचाउन आउँछन् । हाम्रो उहाँसँग साक्षात्कार हुन्छ ।’ फोटोग्राफर समेत रहेका उनले भिडियो समेत खिचेका छन् ।



विष हालेको प्रसाद खाएपछि कंचन, उनकी श्रीमती नीलम, छोरा, छोरी र भाईको मृत्यु भएको छ । उनकी आमा, भजिती र भान्जीको अवस्था गम्भीर छ ।