चाइना बोर्डरको गीत सार्वजनीक भिडियो सहित
उदय सुब्बा निर्देशीत फिल्म लभ इन चाइना बोर्डरको गीत सार्वजनीक गरिएको छ । शुक्रबार (९ चैत्र) देखि देशभरका हलमा प्रदर्शन हुन लागेको फिल्मको सिडि बुधबार राजधानीमा आयोजीत एक कार्यक्रम चलचित्र कलाकार संघका अध्यक्ष नवल खड्का, चलचित्र प्रँबिधिक संघका अध्यक्ष मनोज केसी, चलचित्र पत्रकार संघका महासचिव लक्ष्मण सुवेदीलगायतले संयुक्त रुपमा बिमोचन गरेका हुन् ।
पाख्रिन फिल्मस्को ब्यानरमा निर्माण भएको लभ इन चाइना बोर्डरको सुटिङ चीनको बोर्डरमै पुगेर गरिएको निर्माता पाख्रिनले बताए । उनले लभ इन चाइना बोर्डर नेपाली फिल्म इतिहासका माइलस्टोन फिल्म कुसुमेरुमाल, कान्छी, चिनोहरुझै सफल भइ रेकर्ड राख्ने दावी गरे । कार्यक्रममा निर्देशक सुब्बाले फिल्म ब्यावसायिक दृष्टिकोणले निर्माण गरिएको बताउदै भने, ‘सोलुखुम्बुको उच्च हिमाली भेकसम्म पुगी सुटिङ गरिएकाले फिल्मका हरेक दृश्य सट सुन्दर छन् । कथा र प्रस्तुतिको हिसावले पनि लब्ली फिल्म बनेको छ ।’ उनले फिल्म राजधानी र मोफसलका गरी ७० वटा हलमा एकैचोटी प्रदर्शन हुन लागेको जनाए ।
फिल्म राम्रो भएकाले आफूहरुले बितरण गरेको डिसिएनका अध्यक्ष अशोक शर्माले बताए कार्यक्रममा कलाकार संघका अध्यक्ष खड्काले आफ्नो संघमा देखिएको बिवाद प्रयोजीत भएको स्पष्ट पारे भने चलचित्र संघका महासचिव प्रदिप उदयले आफू संलग्न मञ्जरी फिल्मलाई सेन्सर बोर्डले पिजी सर्टिफिकेट दिएकोमा रोष प्रकट गरे । द्धन्द्ध कलाकार संघका अध्यक्ष योगेन्द्र श्रेष्ठले लभ इन चाइना बोर्डको सफलताको कामना गरे ।
लभ इन चाइना बोडरका गीतमा राजेश पायल राई, दीपक लिम्बू, बिनीता रसाइली,, मनिषा पोखरेल र मौसमी गुरुङको स्वर छ । दिपक रमणको संगीत रहेको फिल्मका गीतकारमा डब्बु क्षेत्री, नरेश भट्टराई, दयाराम दाहालद र निर्देशक उदय स्वयम छन् । कार्यक्रममा शिरिशिरी डाडैमा, मैले ढाटेको होइन र यो पहाड यो हिमाल बोलका गीतको भिडियो र प्रोमोसमेत प्रदर्शन गरिएको थियो । फिल्ममा सुवास मेचे, जेनीशा केसी, दिपक क्षेत्री, सुनील थापा, रोहीतकुमार र निर्देशक उदय स्वयम् प्रमुख भूमिकामा छन् ।हेर्नुहोस उक्त भिडियो