बिरामीको छेउमा ‘मायाको खुत्रुके’
२ चैत, काठमाण्डौं । अस्पतालमा बिरामी भेट्न जाँदा तपाई के लैजानुहुन्छ ? स्याउ, सुन्तला, अंगुर, कि अनार ? एकैछिन सोच्नुहोस् त तपाईले झैं अरुले पनि ती बिरामीलाई यस्तै फलफूल ल्याउने गरेका त छैनन् ।
बिरामी भेट्न आउने धेरैले एकैथरी फलफूल ल्याउने प्रवृति व्यवहारीक नभएको भन्दै एउटा अस्पतालले बिरामीलाई नगदै उपहार दिन आग्रह गरेको छ। माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालले उपचारमा सहयोग पुगोस भनेर बिरामीको बेडसँगै ‘मायाको खुत्रुके’ राखिदिएको छ ।
‘प्राय बिरामीको दराजमा फलफूल जम्मा भएर कुहिने गर्छ,’ अस्पताल प्रशासन प्रमुख राकेश श्रेष्ठले भने, ‘त्यसो नहोस् भनेर हामीले खुत्रुके अभियान सुरु गरेका हौं ।’ अस्पतालले २० वटा वेडमा सूचनासहित खुत्रुके राखेको शुक्रबारको नागरिक दैनिकमा खबर छ ।