के छापियो मंगलबारका दैनिक पत्रिकामा ?
आज मिति २०६९ साल चैत १३ गते मंगलबार । काठमाण्डौबाट प्रकाशित सवैजसो दैनिक पत्रिकाले मलेसियामा स्थानीय समुदायले नेपाली कामदारमाथि सांघातिक हमला गर्दा दुई जना गम्भीर घाइते भएको र ९ जनालाई प्रहरीले पक्राउ गरेको खवरलाई प्राथमिकताका साथ छापेका छन । यसैगरी माओवादी केन्द्रीय समिति ३ सय ९९ सदस्यीय बनेको, कात्तिक वा मंसिरका लागि चुनावको मिति तोक्न सरकारले गृहकार्य गरेको र आजदेखि काठमाण्डौमा एसीसी टी-ट्वान्टीकप क्रिकेट खेल सुरु हुन लागेको खवरलाई प्राथमिकताका साथ छापेका छन ।
राजधानी दैनिकले एमाओवादीका मधेसी नेताहरु पार्टी छाड्ने तयारीमा लागेको खवर छापेको छ भने नयाँ पत्रिका दैनिकले कामु प्रधानन्यायाधीश दामोदर शर्मा निजी कलेजको धन्दामा लागेको खवर छापेको छ । अन्नपूर्ण पोष्ट दैनिकले पुरोहितका लागि पनि आचारसंहिता बनेको खवर छापेको छ ।



