बेल्जियममा मोना आईडोल एकल नृत्य प्रतियोगिता सफल पार्न जिम्मेवारी बाँडफाँड
बेल्जियम - म्याग्देली प्रवाशी नेपाली संघ (मोना) बेल्जियमको अध्यक्ष घन शाहीको अध्यक्षतामा बसेको विशेष बैठकले नेपाली नयाँ बर्ष २०७० तथा संस्थाको पाँचौ वार्षिक उत्सब तथा मोना आईडोल एकल नृत्य प्रतियोगिता-२०१३ भव्य रुपमा सफल पार्नका लागी बिभिन्न उपसमितीहरु गठन गरी जिम्मेवारी तोकिएको जनाउनु भएको छ।
संस्थाका महासचिब रकेन्द्र घिमिरेका अनुसार उपसमितीहरुमा मुल ब्यवस्थापन तथा सजावाटमा हरी शाही, हरी सुवेदी, आर्थिक ब्यवस्थापनामा ज्ञान रकाल, लोक राना, निर्णायक ब्यवस्थापनमा योगेन्द्र श्रेष्ठ, सुदन मल्ल, लक्ष्मी घिमिरे रहनु भएको छ । त्यसै गरी प्रसार प्रसार ब्यवस्थापनमा हरी सुवेदी, चन्द्र शर्मा र लाल नेपाली साउण्ड सिष्टम ब्यवस्थापनमा ज्ञान रकल, प्रेम पुन रहनु भएको छ ।
यस अघी बसेको बैठकले उक्त कार्यक्रमबाट प्राप्त रकम म्याग्दी जिल्ला पिप्ले गा बि स अन्तर्गत श्री ज्ञानोदय माध्यमिक विध्यालयका मौवाफाटमा अध्ययनरत दृष्टि बिहिन बिद्यार्थीको लागी सहयोग गरिने जनाई सकेको छ। बेल्जियम तथा अन्य देशका संघ संस्था तथा ब्यक्तीहरुले यस कार्यक्रमलाई सक्दो सहयोग गर्ने चाहना पनि राख्न्नु भएको श्रोतले बताएको छ।