बाबुरामले गरे बाह्र आरोपको प्रतिवाद
२५ फागुन, काठमाडौं । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूलाई बद्नाम गराउन गोयवल्स शैलीमा कु-प्रचार गरिएको भन्दै आफूमाथि लागेका १२ वटा आरोपहरुको खण्डन गर्नुभएको छ ।
प्रधानमन्त्री डा. भट्टराईले आफूले ‘स्वमर्ज’ हुन सक्छ भनेको विषयलाई ‘मर्ज’ भनेर कुप्रचार गरिएको, ‘साँचो अन्तै रहेछ’ भन्ने कपोलकल्पित प्रचार गरिएको र विमानस्थल भारतलाई जिम्मा लगाउन खोजिएको भन्ने प्रचारसमेत कपोलकल्पित रहेको बताउनुभएको छ ।
कांग्रेस सभापति सुशील कोइरालालाई प्रचण्डले प्रधानमन्त्री बनाउन माने पनि बाबुरामले नमानेको भन्ने प्रचार गलत भएको डा. भट्टराईको दाबी छ । आफूले संविधानसभा विघटन गराएको भन्ने आरोपलाईसमेत उहाँले अस्वीकार गर्नुभएको छ ।
प्रधानमन्त्रीका स्वीकय सचिव विश्वदीप पाण्डेद्वारा प्रेसित इमेलमार्फत् प्रधानमन्त्रीले आफूमाथिका आरोपहरुको खण्डन गर्नुभएको हो । आफूमाथिका आरोपको खण्डन गर्दै प्रधानमन्त्रीले यमी फाउन्डेसनलाई सरकारले एक पैसा पनि नदिएको बताउनुभएको छ । प्रधानमन्त्री पत्नीबाट बालाजुको यद्यान मासिएको आरोपको पनि प्रधानमन्त्रीले खण्डन गर्नुभएको छ ।
त्रिशुली ‘ए’मा कमिसन नखाएको, सेनालाई खुशी पार्न हेलिकोप्टर ल्याउने योजना नबनाएको र बाँदरमुढेका पीडितलाई शान्ति मन्त्रालयबाट ६० लाख छुट्याइसकेको प्रधानमन्त्रीले स्पष्ट पार्नुभएको छ । त्यस्तै गँड्यौला दिन नसकेर केशव स्थापितलाई हटाइएको भन्ने प्रचारको पनि उहाँले खण्डन गर्नुभएको छ ।
‘नातेदारहरुलाई विभिन्न पदमा नियुक्ति गरियो भन्ने प्रचार भयो । अझ केयूकेएलमा प्रा.तिमीला यमीलाई नियुक्ति दिएको भन्नै प्रचार भयो जवकि उहाँ ५ बर्ष पहिलानै केयूकेएलमा हुनुहुन्थ्यो र वरिष्ठताका आधारमा साधारणसभा गर्ने प्रयोजनकालागि केयूकेएल ले नै वहांलाई कार्यवाहक प्रमुख वनाएको थियो ।’- प्रधानमन्त्रीको बाह्रबुँदे प्रतिवाद पत्रमा भनिएको छ ।
प्रधानमन्त्रीको प्रष्टीकरण जस्ताको त्यस्तै
प्रधानमन्त्रीलाई बद्नाम गराउन गोयवल्स शैलीमा गरिएका १२ वटा कु-प्रचार
१) दुवै छिमेकी देशहरुको तीव्र आर्थिक विकासको गतिसंग हामीले पनि विकासको गतिको कदम मिलाउन नसक्ने हो भने छिमेकको विकासको वाढीेले हाम्रो देशको अर्थतन्त्र ‘सवमर्ज’ हुन सक्छ भन्ने भनाईलाई वंग्याएर देशको नै ‘मर्ज’ हुन्छ भनेर निरन्तर कु-प्रचार गरियो ।
२) देशको ‘साँचो अन्तै रहेछ’ भन्ने कपोकल्पित भनाई आविस्कार गरी प्र.म.बाबुराम भट्टराईको देशभक्तिमाथि प्रश्न उठाउन खोजियो । जवकि प्र.म.ले त्यसो भनेको भन्ने आजसम्म कुनै तथ्यप्रमाण कसैले पेश गर्न सकेको छैन ।
३) त्रिभुवन
विमानस्थलको स्तरोन्नति र सुदृढीकरण गर्ने योजनालाई विमानस्थल भारतलाई बुझाउन खोजेको भन्दै कपोकल्पित प्रचार गरियो । स्तर बृद्धिका लागि कुनै बिदेशी कम्पनीको लगानि भित्रयाउनु र एयरपोर्ट नै जिम्मा लगाउनु नितान्त फरक कुरा हुन भन्ने जान्दा जान्दै गोयवल्स शैलीमा तथ्य लुकाउन र भ्रम छर्न खोजियो ।
गोयबल्स शैलीमा कुप्रचार गरियो : प्रधानमन्त्री