२२ फागुन, काठमाण्डौं । सत्तारुढ दलका नेताले व्यक्तिगत प्रयोजनमा लिएको पानीको महसुल बर्षौदेखि बझाएका छैनन् । काठमाण्डौं उपत्यका खानेपानी लिमिटेड -केयुकेएल) अन्तर्गतको ट्यांकर शाखामार्फत पानी लिएर पैसा नतिर्नेमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि अनेक साना दलका नेतासम्म छन् ।
केयूकेएलले पटक पटक ताकेता गर्दा पनि उठाउन नसकेको यस्तो महसुल बक्यौता ट्यांकर शाखाको मात्र ५० लाख रुपैयाँभन्दा बढी छ । पानी महसुल नबुझाउनेमा सरकारी निकायको संख्या पनि धेरै रहेको कारोबार दैनिकमा खबर छ ।
माओवादी अध्यक्ष दाहालले केयूकेएललाई १४ लाख रुपैयाँ बुझाउन बाँकी छ । स्रोतका अनुसार दाहालको यो बक्यौता नयाँबजार निबास हुँदाको नै हो । करिब एक वर्षअघि लाजिम्पाट निवासमा सरेपछि भने उनले ट्यांकर शाखाबाट पानी नलिएको स्रोतले बतायो । नयाँबजार हुँदा उनले दैनिक २ ट्यांकर पानी मगाउने गरेका थिए ।
भौतिक योजना तथा निर्माणमन्त्री हृदयेश त्रिपाठीले २ लाख रुपैयाँ बुझाएका छैनन् । प्रेमबहादुर सिंहले ५५ हजार, लालबहादुर विश्वकर्मा, मानबहादुर शाही, करिमा बेगमलागयतका नेताहरुले पनि ट्यांकर पानीको महसुल बुझाएका छैनन् ।
प्रचण्डले दिएको आश्वासन झूटो
गत बिहीबार घटनाको ८ बर्षपछि चितवनको माडी पुगेर एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाँदरमुढे घटनाका पीडितहरुका लागि घोषणा गरेको ६० लाखको प्याकेज ‘झूटो’ सावित हुँदै गएको छ । अहिलेसम्म घोषित प्याकेजको अत्तोपत्तो नलागेपछि पीडित परिवार आक्रोशित भएका छन् । राजधानीमा प्याकेज निकासा भएपछि मात्रै आफू माडी आएको व्यक्त गर्दै प्रचण्डले तत्काल रकम पीडितको हातमा पुग्ने दाहालले बताएका थिए ।
प्रचण्डले घोषणा गरेको राहत प्याकेज घोषणाको पाँचौ दिनमा पनि जिल्लामा नपुगेपछि यो झूटो आश्वासन भएको भन्दै पीडितले गुनासो गरेको कान्तिपुर दैनिकमा खबर छ ।
प्रचण्डले तिरेनन् खानेपानीको १४ लाख