फिल्म चलाउन डेटिङको अफर ल्याइन् बिनिताले

नायिका बिनिता बरालालाई ‘चपली हाइट’ चलेपछि सिने नगरीमा एकछत्र राज गर्छु भन्ने सोचाई थियो । तर दोश्रो सिनेमा ‘फुलस्टप’ सम्म आइपुग्दा बिनिताको सम्पुर्ण सोचाई चकनाचुर भयो । बिनिता जसरी उचाईमा पुगेकी थिइन् त्यसरी नै झरिन् ।अहिले हातमा सिनेमा नभएर रित्तै बसेकी बिनिताका लागि अन्तिम अस्त्रको रुपमा चलचित्र ‘सुपरहिट’ रहेको छ । ‘सुपरहिट’ मा आफै पटकथा समेत लेखेर बिनिताले आफ्नो करिअरलाई बचाउने कोशिश गर्दैछिन् ।


‘सुपरहिट’ चलाउनका लागि बिनिताले कुनै कसर बाँकी राखेकी छैनन् । सामाजिक सञ्जाल फेसबुकममा बिनिता दैनिक ‘सुपरिहट’ का बारेमा केही न केही कुरा अपलोड गरिरहेकी हुन्छिन् । यो सिनेमा पनि नचलेको खण्डमा बिनिताको सिने करिअर ओझेलमा पर्ने पक्का छ । यसैले पनि बिनिताले सिनेमाको प्रचारका लागि नौलो फण्डा झिकेकी छिन् । फेसुबकमा रहेको ‘सुपरहिट’ को पेजमा सबैभन्दा धेरै लाइक गर्नेले नायिका बरालसँग डेटिङ जान पाउने भएका छन् । यस्तै ‘सुपहिट’ को प्रोमोलाई सबैभन्दा धेरै शेेयर गर्नेले पनि बिनितालाई भेट्न र डेटिङ जान पाउने छन् ।

‘चपली हाइट’ मा विभिन्न खालका फण्डा झिकेर नायिका बराल चर्चामा आएकी थिइन् । तर करिअर ओझेलमा पर्दै गएपछि बिनिताले डेटिङको अफरलाई नै अगाडी सारेकी छिन् । हेरौ, बिनिताको यो नयाँ उपायले सिनेमा र उनको करिअरलाई कत्ती फाइदा पुर्‍याउने हो ?