यस्तो रह्यो कलाकारले होली (फोटो फिचरसहित)

१३ चैत, काठमाण्डौ । बर्षमा एकपटक आउने चाड होली । यसैले पनि मंगलबार विभिन्न ठाउँमा यो चाड धुमधामका साथ मनाइएको छ । होली पर्व नेपाली सिनेमा, सांगीतिक तथा हास्य क्षेत्रका कलाकारहरुले पनि धुमधामका साथ मनाएका छन् । होली पर्वको अवसर पारेर नायिका करिश्मा मानन्धरले आफ्नो घरमा विशेष कार्यक्रमको आयोजना गरेकी थिइन् । होली विशेष कार्यक्रममा नेपाली सिनेमा क्षेत्रका नयाँदेखि पुराना पुस्ताका कलाकारहरुको बाक्लो उपस्थिति थियो ।


कहिले ‘मुन्नी बदनाम भई’ त कहिले ‘च्याङवा ओइ च्याङवा’ बोलको गीतमा कलाकारहरुले रमाइलो गरेका थिए । कार्यक्रममा नायिका झरना थापा, नन्दिता केसी, बेनिशा हमाल, जेनिशा केसी, रिमा विश्वकर्मा, नम्रता श्रेष्ठ, सविना कार्कीदेखि वसुन्धरा भुषालसम्म पुगेका थिए । यस्तै नायक सुमन सिंह, मुकेश ढकाल, कलाकार संघका अध्यक्ष नवल खड्का लगायतका पनि पुगेका थिए ।

विभिन्न संचारमाध्यमदेखि संघसंस्थाहरुले आयोजना गरेको होली बिशेष कार्यक्रममा कलाकारहरु पुगेको देख्न सकिन्थ्यो । उनीहरुले खुलेरै होलीको मझा लिए । रेडियो कान्तिपुरले आयोजना गरेको होली विशेष कार्यक्रममा सांगीतिक


लिए । रेडियो कान्तिपुरले आयोजना गरेको होली विशेष कार्यक्रममा सांगीतिक, सिनेमा तथा टेलिभिजनका कलाकारहरुको उल्लेख्य उपस्थिति थियो । यस्तै अन्य विभिन्न टेलिभिजन तथा रेडियो स्टेशनहरुले पनि होली पर्वको आयोजना गरेका थिए ।