११ सय फर्मको अनुगमन, साढे ३ हजार लिटर कोक-फ्याण्टा नष्ट

२ चैत, काठमाडौं । वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले चालु आर्थिक वर्ष २०६९/०७० को फागुन महिनासम्ममा उपत्यकाभित्र र बाहिर गरि १ हजार १ सय ५६ व्यापारिक र्फमहरुमा अनुगमन गरेको छ । विभागले सो अवधिमा मापदण्ड विपरित संचालनमा रहेका २२ वटा व्यावसायीक र्फम बन्द गरेको छ । विश्व उपभोक्ता अधिकार दिवसको अवसर पारेर विभागले आज राजधानीमा सार्वजनिक गरेको बजार अनुगमन कार्य प्रगति विवरणमा फागुन महिनासम्ममा ५ वटा व्यापारिक र्फममाथि मुद्दा दायर गरेको उल्लेख गरिएको छ । विभाग सो अवधिमा उपत्यकाभित्र ९ सय ६१ व्यापारीक र्फम र उपत्यका बाहिर १ सय ९५ व्यापारिक र्फमहरुमा अनुगमन गरेको जनाएको छ ।



फागुन महिनासम्म विभागले ३ हजार ४ सय १६ लिटर म्याद नाघेका कोक, फेन्टा, पेप्सी, मिरिण्डा, डिउ, स्प्राईट, ओरेन्ज स्क्वाइस लगाएतका हल्का पेय पदार्थ नष्ट गरेको प्रगति विवरणमा उल्लेख गरेको छ । त्यस्तै, विभागले ३ सय ८३ व्यापारिक र्फममा मूल्य सूची राख्न र अद्यावधिक गर्न निर्देशन दिएको छ भने २ सय ३६ व्यापारिक र्फममा साइनवोर्ड राख्न निर्देशन दिएको छ । त्यसैगरि, २ सय ८९ व्यापारिक र्फमलाई लेवल नभएका सामान विक्री नगर्न, २ सय ९२ व्यापारिक र्फमलाई व्यावसाय दर्ता गरि विभागमा प्रमाणपत्र पेश गर्न तथा नवीकरण गर्न, १ सय ७४ व्यापारिक र्फमलाई नापतौलका उपकरण राखी नापतौलको प्रमाणपत्र विभागमा पेश गर्न, १४ व्यापारिक र्फमलाई खाद्य अनुज्ञापत्र पेश गर्न निर्देशन दिएको प्रगति विवरणमा उल्लेख गरिएको छ । ७८ व्यापारिक र्फमलाई सरसफाईमा सुधार गर्न, १ सय ९९ व्यापारिक र्फमलाई भ्याट वा प्यानको प्रमाणपत्र लिन र बिलविजक लिनदिन, १ सय ६९ व्यापारिक र्फमलाई म्याद नाघेका वस्तुहरुको विक्रि वितरण नगर्न निर्देशन दिएको छ ।

विभागले सो अवधिमा ३४ व्यपारिक र्फमहरुलाई विभागमा स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । ३५ व्यापारिक र्फमको उत्पादनमाथि शंका गर्दै विभागले परिक्षणका लागि नमुना संकलन गरेर पठाएको छ भने १ सय २१ व्यापारिक र्फमलाई उनीहरुले गरेको गल्ती अनुसारको विभिन्न निर्देशन दिएको विभागले जनाएको छ ।