एसीसी ट्वान्टी-२० क्रिकेटमा माल्दिभ्ससँग नेपाल ७६ रनले विजयी

एसीसी ट्वान्टी-२० कप क्रिकेटमा नेपालले माल्दिभ्सलाई ७६ रनले हराउँदै विजयी यात्रा सुरुवात गरेको छ ।

आफ्नो पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ७६ रनको फराकिलो अन्तरले पराजित गरेको हो । अब नेपालले भोली हङकङसँग खेल्ने छ ।



टस हारेर पहिले व्याटिङ थालेको नेपालले प्रदीप ऐरीको अर्धशतकको मदतमा निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७१ रन बनाएको थियो । जवाफमा मैदान उत्रिएको माल्दिभ्स भने ७ विकेटको क्षतिमा ९५ रनमा मात्रै समेटियो ।