राजेश हमालले शोभित बस्नेतको दरो झापडा खाए
चलचित्रमा नायक भूवन केसीको विभिन्न बिषयलाई र बानीलाई व्यङ्ग्य गर्दै आएका निर्दैशक शोभित बस्नेतले यसपटक भने नायक राजेश हमाललाई समेत राम्रै झापडा हानेका छन् ।शोभितले निर्देशन गरेको चलचित्र ‘बरदान’ मा नायक राजेश हमालको बहुचर्चित संवादमा व्यङ्ग्य गरिएको छ । चलचित्रमा छोटा डनको भूमिकामा देखिएका निर्देशक बस्नेतले नायक हबहुचर्चित बानीलाई दरो झापडा हानेका हुन् ।चलचित्रको क्लाइमेक्समा खलनायकको।मालको चिच्चाएर ‘हे…’ भन्ने बिचबाट हिरोइन बचाउँन आउदै गर्दा नायक हमालले ‘हे’ भनेर हात तेर्साएको संवाद राखिएको छ । हमालले ‘हे’ भनेपछि छोटा डन बनेका शोभितले भन्छन्, ‘सधै यही ‘ह’नै भनेर जिन्दगी कटाउने बिचार छ कि क्या हे, अरु केही गर्न आउदैन ?’सधै चलचित्रमा हात तेर्साउदै ‘हे’ भन्ने गरेका नायक हमालको यो चर्चित तरिकालाई शोभितले व्यङ्ग्य हानेका हुन् । यो संवादले चलचित्र हेर्न पुगेका अधिकांश दर्शकलाई हास्न वाध्य बनाउनेछ ।चलचित्र ‘बरदान’ मा हमाल मात्र नभई भुवन केसी, आर्यन सिग्देल, राजेन्द्र खड्गी, रेखा थापालाई समेत विभिन्न तबरले व्यङ्ग्य हानिएको छ
भिडियो हेर्नुस
भिडियो हेर्नुस