पूणिर्मा पर्वका चहकिला भिक्षुहरु (फोटो फिचरसहित)

थाइल्याण्डका बौद्ध धर्माबलम्बीहरुको महान पर्व हो पूणिर्मा पर्व । चन्द्र पात्रो अनुसार वर्षको तेश्रो महिनाको पूणिर्मामा मखा बुचा नामको यो पर्व धुमधामसँग मनाइन्छ ।



यो पर्वका बेला थाइल्याण्डमा सार्वजनिक विदा समेत दिइन्छ । साथै २४ घण्टासम्म मदिराकोे कारोबार पनि रोकिन्छ । मानिसहरु गुम्बामा भेला भएर स्तुती गर्छन् । पूणिर्मा पर्वका बेला यो पटक पनि हजारौँ भिक्षुहरु गुम्बामा भेला भएर हातमा लालटिन लिएर बुद्धवाणीहरु वाचन गरे ।



बुद्धले बुद्धत्व प्राप्त गरेको ९ महिनापछि पहिलो उपदेश दिएको उपलक्ष्यमा यो पर्व मनाउने गरेको बताइन्छ । हेरौं पूणिर्मा पर्वका बेला थाइ भिक्षुहरुको यो प्रकाश प्रदर्शनी ।