भैँसीको आक्रमणबाट मृत्यु
भैँसीको आक्रमणबाट महोत्तरीको बथनाहा गाविसमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुने बथनाहा- ७ मरुवाही बस्ने वर्ष ७५ का हासिम कवारी हुन्। आज बिहान घरबाहिर घाम तापेर बसिरहेका कवारीलाई आफ्नै भैँसीले आक्रमण गरी गम्भीर घाइते बनाएका थिए।

