एक रातको 60 डलर लिएर पत्नी वियोग पुरुस्संग सुत्ने नारि


एजेन्सी, कार्तिक २१ । एक युवती यस्ती छिन्, जो अपरिचित पुरुषहरुसँग एकघण्टा सुतेको ६० डलर लिन्छिन् । ज्याकी स्यामुअल नामक ती युवतीले यस प्रक्रियालाई आफ्नो पेशा बनाएकी छिन् । तर, उनीसँग सुत्ने पुरुषले कुनै अश्लील कार्य भने गर्न पाउने छैनन् । अर्थात् उनी जो पुरुषसँग सुत्छिन्, त्यसमा सेक्स लगायतका कुनै अश्लील कार्य हुने छैन । ज्याकीले आफ्नो पढाई खर्च र बच्चाको लागि यस्तो पेशा अपनाएको बताएकी छिन् । ज्याकीले कुनै पुरुषसँग एकदिन पुरा सुतेको ३ सय ६० डलर लिन्छिन् । २९ वर्षीया ज्याकीले यस्तो कार्यलाई आफ्नो व्यवसायिक पेशा नै बनाएकी हुन् । ज्याकीका ग्राहक अपराधीदेखि सैनिक हरकोही हुन सक्छन् । ज्याकीका अनुसार उनी विशेषगरी ती व्यक्तिहरुको आवश्यकता बनेकी छिन्, जसको पत्नीको मृत्यु भईसकेको छ अथवा कुनै पुरुष श्रीमतीसँग सम्बन्धविच्छेद गरेर एक्लै बसेको छ । उनी त्यस्ता पुरुषहरुलाई आफ्नो पेशाबाट मानसिक र भावनात्मक रुपमा सहारा मिल्ने तर्क गर्छिन् । तर, उनले पेशामा केही नियम बनाएकी छिन् । सँगै सुतेको समयमा कुनै अश्लील कुरा, चुम्बन, संवेदनशील अंग छुने या सेक्स जस्ता लगायत केही पनि कार्य गर्न पाइने छैन । ज्याकीको यस्तो पेशाका कारण उनलाई कलेजबाट निकालिदिने धम्की समेत मिलिसकेको छ भने केहीले उनलाई ‘वेश्या’को समेत संज्ञा दिईसकेका छन् । ज्याकीले आफ्नो पेशालाई अनलाइन मार्फत प्रचारसमेत गर्ने गरेकी छिन् । ज्याकीले मानसिक रुपमा तनाब भोगिरहेकाहरुलाई खुशी दिने कार्य गर्नु कुनै गलत नभएको तर्क गर्ने गरेकी जनाइएको छ ।