आफ्नै श्रीमतिको अश्लील सेक्स भिडियो बनाइ इन्टरनेटमा सार्बजनिक
भारतको उत्तर प्रदेशको इलाहावाद जिल्लामा आफ्नै श्रीमतिको भिडियो बनाएको आरोपमा
प्रहरीले एक जनालाई पक्राउ गरेको छ। घटना इलाहावादको कर्नलगञ्ज क्षेत्रमा भएको हो ।
सो क्षेत्रमा ३० वर्षिय विवेक मिश्राले आफ्नी २८ वर्षिया श्रमितिको ब्लु भिडियो
बनाएर इन्टरनेटमा राखेका थिए । मिश्राले इन्टरनेटमा आफ्नी श्रीमतिको मोबाइल नम्बर
समेत राखेका थिए । जिल्ला प्रहरी अधिकारी अवधेशकुमारका अनुसार उनकै श्रीमतिको
उजुरीमा मिश्रालाई पक्राउ गरिएको हो । इन्टरनेटमा राखिएको फोन नम्बरका कारण
धेरैतिरबाट फोन आएपछि घटनाबारे पीडित महिलाले जानकरी पाएकी थिइन्। इन्टरनेटमा आफ्नो
अश्लील ब्लु भिडियो हेरेपछि उनी सिधै प्रहरी कार्यालय पुगेकी थिइन्। पीडित
महिलाकाअनुसार ६ वर्षअघि उनीहरुको विवाह भएको थियो। तर गत वर्ष श्रीमानले अर्की
युवतीसंग रहेको सम्बन्धका कारण विवाद उत्पन्न भएको थियो। पीडित पक्षको आरोपअनुसार
विवेकले लगातार सम्बन्धविच्छेदका लागि दबाव दिइरहेका थिए । सोही क्रममा अश्लील ब्लु
भिडियो प्रकरण सार्वजनिक भएको हो । पीडित महिला विगत दुई महिनादेखि माइत बस्दै आएकी
छन्। घटनाबारे प्रहरीले छानविन गरिरहेको जनाएको छ।


