बाह्रसिंहेको रगतले सेक्स पावर बढाउने
सर्प, छेपारो, माछा, बाँदर, कुकुरको मासु खाने विषयमा बहस हुने चीनमा फेरि अर्को
नयाँ जनावरको मासु र रगत खाने विषयले चर्चा पाएको छ । यतिबेला चिनियाँको निशानामा
बाह्रसिंहे परेको छ ।
चीनको नानजिंग प्रान्तका एक किसानले सार्वजनिक
गरेको तस्वीरमा त्यहाँका मानिसले निर्ममता पूर्वक बाह्रसिंहेलाई पक्रिएर उसको सिङ्
एउटा आरीको सहायताले काटेका छन् । उक्त सिङ्बाट आएको रगत तँछाड मछाड गर्दै पिएका
छन् । उनीहरुले खुन पिउँदा सेक्स पावर बढ्ने र स्वास्थ्य पनि मजबुद हुने दाबी गरेका
छन् । पछिल्लो समय चीनका ग्रामिण भेगमा बाह्रसिंहेलाई पक्रेर सिङ्को रगत पिउने
परम्परा जस्तै बनेको छ ।
त्यहाँका महिला, पुरुष, युवा तथा बुढाबुढीले पनि
ताजा खुन पिउन हत्ते गर्ने गरेका छन् । गाउँलेले पक्रेकको बाह्रसिंहेलाई समातेर सबै
मानिसको अगाडी उसको सिङ्मा काट्दै त्यहाँबाट आएको रगत एक भाँडोमा जम्मा गर्छन् ।
विचरा त्यो जनावर छटपटाउँदा छटपटाउँदै ज्यान गुमाउन बाध्य हुने गरेकोछ ।


